काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८६ सवारी चालक कारवाहीमा
२०७४ जेठ १५ गते

काठमाडौं, मंसिर ७ । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८६ सवारी चालक कारवाहीमा परेका छन् । विभिन्न नियम उल्लंघन गर्ने सवारी चालक कारवाहीमा परेका हुन् । कारवाहीमा परेकामध्ये लेन उल्लंघन गर्ने सवारी चालक पाँच सयभन्दा बढी रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पछिल्लो समय ट्राफिक प्रहरीले लेन अनुशासन पालनामा कडाइ गर्दै आएको छ । महाशाखाका अनुसार मापसे गर्ने १ सय ४ सवारी चालक पनि कारवाहीमा परेका छन् । त्यस्तै जथाभावी हर्न बनाउने ७३ जनालाई पनि कारवाही गरिएको छ ।
विगत २४ घण्टामा उपत्यकामा १९ सवारी दुर्घटना भएकोमा १५ जना सामान्य घाइते भएको पनि महाशाखाले जनाएको छ ।्
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








