‘त्यस्ता नियम कानुन त..’ भन्दै भ्रष्टचारी खुमबहादुर खड्काले चुनाव लड्दै, खड्कालाई जिताउन देउवाले काँध हाले

“
काठमाडौँ, १४ भदौ । निर्वाचन विद्येयकमा स्पष्ट उल्लेख गरिएको छ भ्रष्टचार मुद्धामा सजाए पाएकाहरुले कुनै पनि निर्वाचन लड्न पाउँदैनन् भनेर । तर, त्यो नियमलाई लत्याउँदै भ्रष्टचार मुद्धामा जेलको चिसो हावा खाएका काँग्रेस नेता खुमबहादृुर खड्कासहित केहीले प्रतिनिधिसभाको निर्वाचनमा लड्ने भएका छन् । कानुनमा एकथरि उल्लेख गरिएपनि त्यसले निर्वाचन लड्ने उम्मेदवारहरुलाई कुनै बाधा पुर्याएको छैन । पार्टीभित्र भ्रष्टचार मुद्दामा सजाय पाएका र नैतिक आचरण पतन भएकाले समेत निर्वाचनमा उम्मेदवार बन्न पाउनुपर्ने लबिङ सुरु गरिएको छ भने यो विषय निर्वाचन विधेयक संसद्को विधायन समितिमा अड्किएर बसेको छ । यसबारे कस्तो निचोड निकाल्ने कुनै छलफल भएको छैन ।
भ्रष्टाचारी र नैतिक पतन भएकाले पनि आगमी हुने संसद् र प्रदशे प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन पाउँनुपर्छ भन्दै काँग्रेसका १९ सांसदले संशोधन दर्ता गरेका छन् । संशोधन दर्ता भएसँगै यो घटनाले उग्र रूप लिन पुगको छ । उक्त संशोधन विद्येयक प्रधानमन्त्री शेरबहादुर देउवाकै आदेशमा अघि बढाइएको स्रोतले बतायो । यसअघि सभापति देउवाले खुमबहादुर खड्कालाई १३ औँ महाधिवेशनमा आफूले सभापति पद जितेसँगै उपसभापति पद दिने बचन दिएका थिए । तर, त्यो बचन पूरा नभएपछि पानी बराबरको सम्बन्ध यो निर्वाचनमा सुध्रने देखिन्छ । खड्काले आफूलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएमा विगतका दिनहरू विर्सने बताएपछि देउवाले संशोधन विद्येयकको आदेश दिएका छन् भने जसरी हुन्छ दाङबाट खड्कालाई जिताउन देउवाले मुसा चाल चाल्न थालेको स्रोत बताउँछ ।
अब हुने दुई तहको निर्वाचनमा भ्रष्टचार गरेर मुद्दा खेपेका खुमबहादुर खड्का जस्ता काँग्रेसका थुप्रै सांसदहरुले निर्वाचनमा भाग लिँदैछन् ।
निर्वाचनमा भाग लिने भ्रष्टचारीहरु को को ?
राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्रप्रसाद यादव, राजु थापा, इन्द्रबहादुर बानियाँ र नरबहादुर चन्दले भ्रष्टाचार ठहर भएर मुद्दा खेपिसकेका व्यक्तिहरू हुन् । उनीहरूलाई नै आगामी निर्वाचनमा उम्मेदवारका रूपमा पार्टीले अघि सारेको छ भने जसरी हुन्छ निर्वाचनमा लड्न पाउनुपर्ने माग राखेका छन् ।
दुई भाइलाई भ्याइनभ्याइ
त्यतिखेर पार्टीमा रहँदा पदको दुरुपयोग गरेको भन्दै पूर्व मन्त्री तथा काँग्रेस नेता खुमबहादुर खड्कालाई झन्डै एक करोड रकम सहित डेढ वर्षको सजाय सुनाइएको थियो । तिनै खडका अहिले प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने भएका छन् । सांसदहरूले संशोधन गराएको प्रस्ताव पारित भएमाखुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जेपी गुप्ताले आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउने छन् । जुन उम्मेदवार सबै भ्रष्टचारको मुद्दा खेपेर काँग्रेसमा रहेर राजनीति गर्दै आएका छन् । स्रोतले बताएअनुसार नेता खड्का र जोशीले निर्वाचनको तयारी तीव्र पारिरहेका छन् । नियममा उनीहरूले निर्वाचन लड्न नपाउने भए पनि उनीहरूले ‘यस्ता नियम त बनिरन्छन्’ भन्दै निर्वाचनको माहोल तताइरहेका छन् । यससँगै खुमबहादुरले दाङ र जोशीले तनहुँबाट निर्वाचन लड्ने भएका छन् ।
दिनहुँ जसो दाङका कार्याकर्ताहरुसँग खड्काले आफ्नो प्रचारप्रसार तीव्र बनाउन सुझावसमेत दिइरहेका छन् भने जोशीले तनहुँ १ बाट आफू निर्वाचन लड्दैछु जसरी हुन्छ जिताउनुपर्यो भन्दै तनहुँमा कार्याकर्तासँग लबिङ गरिरहेका छन् । जिल्लामै पुगेर उनले सामूहिक रूपमा उम्मेदवार घोषणा गरिसकेका छन् ।
“








