हिडेन लाइफले मकदम मन्सुरीको मुहारमा खुसी फर्कायो

काठमाडौं, १४ । जेलमा परेका नागरिकहरुलाई उद्धार गर्दै आएको हिडेन लाइफ फाउन्डेसनका कारण बाढीमा परि घरबार डुबाएका मकदम मन्सुरीको खुसी फर्किएको छ । बाढीका कारण पीडामा डुबेका नागरिकहरुलाई राहत सामाग्री वाढ्न तराई झरेका फाउन्डेसनका अध्यक्ष विवेक उपाध्याय त्यहाँका स्थानीय बासी मकमद मन्सुरीलाई भेटेका थिए । उनको पीडा सुनेर विवेक भारी मन लिएर राजधानी फर्किएका थिए ।

उनलाई भेटे पछि विवेकको मन एकतमासको भयो । र जसरी पनि सहयोग गरिछाड्ने प्रण बोकेर उनी राजधानी फर्किएका विवेककै सक्रियतामा थोरै भए पनि राहत रकम सङ्कलन भयो र उनको खुसी फर्काउने प्रयास सफल भएको छ । नियतिले मकदमलाई यसरी पीडा दिएको थियो कि एकातिर बाढीका कारण घर बग्दा खाने,लगाउने केही चीजको टुंगो नहुनु,अर्कोतिर ऋण गरेर नातिनीका विवाहका लागि जोडिएको गर गहना बाढीमा परेपछि मकदम पीडा माथि पीडामा गुज्रिएका थिए ।

पोखरीयाटोला ५ गौरका मन्सुरीले विवेकसँग आफ्नो पीडा पोखेपछि विवेकले मन थाम्न सकेनन् । उनी राजधानी फर्किए र सहयोगका लागि आफूले चिने जानेका साथी सर्कलसँग आग्रह गर्न थाले । उनको त्यो आग्रहलाई धेरै हितैषीहरुले हातमा हात दिए । हिडेन लाइफ फाउन्डेसनले सहयोगार्थ राजधानीबाट पन्ध्र हजार रकम उठाएर सो रकम उनीसम्म पुग्ने गरी सगरमाथा अग्रेजी वोर्डिङ स्कुलका प्राचार्य जाबेद अक्तर अन्सारीको हातमा पठाइदियो । र उनै प्राचार्यको हातबाट सो सहयोग रकम मन्सरीले हात पारे । हिडेन लाइफले पठाएको सोही रकममा थप थाप गरेर उनले अस्ति सोमवार आफ्नो नातिनी अन्मनाउन सफल भएका छन् , यसरी हिडेन लाइफको सानै सहयोग रकमले मकमदको खुसी फर्कियो । र,अस्ति सोमबार उनले आफ्नो नातिनीको विवाह गरेका छन् ।

अन्सारी त्यही विद्यालयका प्रचार्य हुन जुन स्कुलमा बाढी पीडत तथा गरिब ३० विद्यार्थीलाई हिडेन लाइफ फाउन्डेसनको सहयोग गरी विद्यालयले पढाउने विषयमा केही समय अगाडि सम्झौता नै भएको छ । इडिभि न्यूजबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *