कमलजी भन्दा त तपाईं नै सही हुनुहुँदोरहेछ, लैजानुस् चार मन्त्रालय

काठमाडौँ,१४ भदौँ । ‘उमेर बुढो हुँदैमा दिमाग बोधो हुँदैन ।’ राप्रपा विभाजिन गरेर राप्रपा प्रजातान्त्रिक गठन गरेका पशुपति शम्शेर राणा उदाहरण हुन् । उमेरले सात दशक पुगेका उनी राप्रपा अध्यक्ष कमल थापाले पार्टीमा एकलौटी हालीमुहाली गरेको देखेर आजित भएसँगै केही दिन अघि नयाँ दल दर्ता गर्न सफल भए । हुनेलाई जहीँतही अभागीलाई कहीँ न कहीँ भनेझै उनलाई दुई हातमा लड्डु परेको छ । किनकि देउवा सरकारमा राणाले चार मन्त्रालय पाउँदै छ ।

नयाँ दल दर्ता गरेसँगै नव अध्यक्ष बनेका राणाले चार मन्त्रालयमा मन्त्री जसरी हुन्छ मिलाइदिनु पर्‍यो भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटन बालुवाटार पुगेका थिए । उनले आयोगमा दल दर्ता गर्नुअघि नै प्रधानमन्त्री देउवालाई चार मन्त्रालय चाही खाली गर्न निर्देश गरेको स्रोत बताउँछ । दल दर्ता गर्न ४० प्रतिशत केन्द्रीय सदस्य नपुगेको विषयमा अध्यक्ष कमल थापासँग राणाको घम्साघम्सी परेको थियो तर सर्वाेच्च अदालतले ‘तु’ दल दर्ता गर्न आदेश दिएपछि यो समस्या हटेको थियो ।

पाँच दिने भारत भ्रमण सकाएर स्वदेश फिर्ता भएको भोलिपल्ट (मङ्गलवार) प्रधानमन्त्री देउवालाई भेटेर राणाले चार मन्त्रलाय दिन आग्रह गरेका हुन् । बालुवाटार निवासमा भेटका क्रममा प्रधानमन्त्री देउवाले ‘हुन्छ नि त । चारै चाही होइन तीन मन्त्रालय लानुुस् न’ भन्दै बचन दिएका छन् । यसअघि नै आफूले चार मन्त्रालय खाली राख्न सुझाव दिएको बताउँदै राणाले देउवालाई ‘तीन होइन चारै दिनुपर्छ । यता हामीले चार तयार पारिसकेका छौँ ।’ भनी जवाफ फर्काएका थिए ।

अध्यक्ष राणाको कुरा काट्न नसकेपछि प्रधानमन्त्री देउवाले आफूसँग तीन मन्त्रालय मात्र बाँकी भएकोले एउटा मन्त्रालय कहाँबाट ल्याउँ त भन्दै लामो सास तानेका थिए । देउवाले यति भन्न नपाई राणाले फ्याट्टै बोलिहाले ‘चार राज्यमन्त्रीले सपथ लिन त बाँकी नै छ त । एउटा हामीलाई दिनुस् न । कुरा मिलिहाल्यो नि ।’ कमल थापाजी आफ्नो तरिकाले बांगिएर हिँड्नुभो । थापाजी भन्दा तपाई नै सही हनुहुँदोरहेछ । त्यसपछि देउवाले हो त नि साँची भन्दै ‘लु लु’ चार मन्त्रालय पक्का भन्दै राणलाई विश्वास दिलाएको स्रोत बताउँछ । यससँगै भोलि बिहीबार राणाले प्रधानमन्त्री देउवालाई तीन क्याविनेट मन्त्री र चार राज्यमन्त्रीको सूची बुझाउने कार्यक्रम रहेको छ ।

मङ्गलवार प्रधानमन्त्री देउवासँग औपचारिक छलफल गरेर निवास विजयबास फर्किएका उनले नयाँ दलका नयाँ चार मन्त्रीहरुलगायत कार्यकर्ता भेला पारेर प्रधानमन्त्रीसँग भएको सबै कुराको बेलीबिस्तार लगाए । नयाँ दल दर्ता भएको हप्ता दिन नबित्दै चार जना मन्त्री पाएकोमा कार्यकर्ताहरू खुसीले गदगद भएको स्रोतले बतायो । जता मल्कु उतै ढल्कु गर्ने दीपक बोहराको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने भएका छन् । सरकारमा सहभागी हुनेहरुमा स्वंयम बोहरा, विक्रम पाण्डे, रेसम लामा क्याविनेटमन्त्री बन्ने भएका छन् भने राज्यलक्ष्मी श्रेष्ठ, विराट विष्ट राज्यमन्त्री बन्ने पकका भएको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *