धेरै महिला पुरुषले भोग्ने यौन समस्या र समाधान
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
म ३० वर्षीय विवाहित पुरुष हुँ । हप्तामा दुई पटक श्रीमतीसँग यौन सम्पर्क राख्छु । यौन सम्पर्कका बेला मेरो वीर्य चाँडै स्खलन हुने गरेको छ । श्रीमती बेलाबेलामा झर्किने गर्छिन् । यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो ? शीघ्र पतन रोक्ने केही उपाय बताइदिनुभए आभारी हुने थिएँ ।
सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर यत्तिकै हैरान भइरहेका हुन्छन् । साथीहरूको बिचमा कुरा हुँदा ‘मेरो त यार कहिलेकाहीँ एक घण्टासम्म पनि जान्छ’ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन् ।
शीघ्र स्खलनको समस्या प्रायः सबैले अनुभव गरेका हुन्छन् । चा“डो वीर्य स्खलन हुने समस्या सापेक्षिक कुरा हो । यसलाई परिभाषित गर्न गाह्रो छ । स्वस्थ व्यक्तिको तीन मिनेटमै वीर्य स्खलन हुन्छ भने शीघ्र स्खलन भएको ठान्ने व्यक्तिले २.३२ सेकेन्डमा वीर्य स्खलन हुँदा पनि शिकायत गर्न थाल्छन् । तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ । त्यसैले पनि पुरुषले शीघ्र स्खलनको अनुभूति गर्छ । कतिपयले भने वीर्य स्खलनअगाडि आउने रसलाई वीर्य ठान्ने र यौन फिल्ममा देखाइएको लामो यौनकार्यको दृश्यबाट प्रभावित भई आपूmमा शीघ्र स्खलन भएको शङ्का गर्छन् ।
तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ । आफ्नो यौन पार्टनरसँग राम्रोसँग ‘फोरप्ले’ गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एकदेखि तीन मिनेटसम्म यौन सम्पर्क गर्दा पर्याप्त हुन्छ । तर, पार्टनर देख्नेबित्तिकै बाघले सिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको यौन जीवन बिग्रन्छ । केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थिर रहन्छ । त्यसैले फोरप्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आनन्द प्राप्त गर्न सकिन्छ ।
शीघ्र स्खलन नियन्त्रण सम्भव छ । यौनसम्पर्कको क्रममा वीर्य स्खलन होलाजस्तो भयो भने लिङ्ग बाहिर निकाल्ने अनि फेरि चालु गर्ने, पार्टनरको अङ्गमा ध्यान नदिने, यौन क्रीडा रोकेर ध्यान अर्कैतर्पm मोड्ने, महिलामाथि बसेर यौन क्रिडा गरेमा स्खलन ढिलो हुने हुनाले आसन परिवर्तन गर्ने, स्खलन हुन लाग्दा पार्टनरलाई गति कम गर्न सङ्केत गर्ने, स्खलन होलाजस्तो भयो भने लिङ्गको फेदमा अ“ठ्याउने, अण्डकोष र मलद्वारबीचको वीर्यनली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कन्डम प्रयोग गर्ने गरेमा शीघ्र स्खलनको समस्या बिस्तारै हट्छ । यसका साथै लिंगवरिपरिको मांसपेशीको कसरत, हस्तमैथुन गर्दागर्दै वीर्य स्खलन रोक्ने अभ्यासले पनि शीघ्र स्खलन घटाउन सकिन्छ । यसका लागि दृढ अठोट एवं धैर्यका साथै पार्टनरको सहयोग र समझदारी पनि आवश्यक हुन्छन् ।
म २५ वर्षीय युवा हुँ । सम्भोगको इच्छा हुँदाहुँदै पनि सेक्स गर्न सक्दिनँ । मेरो लिङ्ग कडा नै हुँदैन । तीन वर्षदेखि मलाई यो समस्या भएको हो । गर्लफ्रेन्डसँग सम्बन्ध नै तोडिदिऊँ जस्तो भएको छ । म के गरूँ ?
तपाईँको समस्या उत्तेजना समस्या अर्थात् ‘इरेक्टाइल डिस्फंक्सन’ हो । चिन्ता, हीनताबोध र मानसिक तनावले तपाईँलाई यो समस्या भएको हो । यसको उपचार एमदमै सम्भव छ । चाँडोभन्दा चाँडो डाक्टरसँग छलफल गर्नुहोला ।
तपाईँले सम्बन्ध तोड्नु हुँदैन । सम्बन्धभन्दा ठुलो कुरो यौन हुन सक्दैन । घुमघामले तपाईँहरूको सम्बन्ध अरू प्रगाढ हुन सक्छ । बरु, तपाईँ आफ्नी गर्लफ्रेन्डसँग खुलस्त कुरा गर्नुस् । उहाँ तपाईँलाई साँच्चिकै प्रेम गर्नुहुन्छ भने उहाँले तपाईँको समस्या बुझेर समाधानमा सहयोग गर्नुहुनेछ ।
मेरो श्रीमान् ३९ वर्षको हुनुहुन्छ । म २८ वर्षकी छु । हाम्रो बिहे भएको पाँच वर्ष भयो । हामी सुखी थियौँ । तर, अहिले उहाँ असाध्यै पिउनुहुन्छ । एक वर्षदेखि उहाँले मलाई यौनसुख दिन सक्नुभएको छैन । उहाँमा यौनचाहना नै छैन । कहिलेकाहीँ कोसिस गर्नुहुन्छ तर उहाँको लिङ्ग उत्तेजित नै हुँदैन । केही सीप नलागेपछि त्यत्तिकै सुत्नुहुन्छ । आजभोलि त मलाई झर्को लाग्ने, सानो सानो कुरामा रिस उठ्ने हुन्छ । अझ बेलुका व्यर्थको कोसिस गर्दा म कराइदिन्छु । के गर्ने होला ? उहाँको उपचार हुन सक्ला ?
वैवाहिक सम्बन्धमा उतारचढाव आउँछन् । यो सत्य हो । तपाईँको श्रीमान्लाई अहिले धेरै तनाव छ जस्तो बुझिन्छ । अहिले उहाँलाई सबैभन्दा बढी आवश्यकता तपाईँको छ । सबैभन्दा पहिले त राम्रो मनोचिकित्सकसँग उपचार गराएर उहाँको मदिरा सेवन गर्ने बानी छुटाउनुहोस् । एक पटक मदिराको कुलतबाट उम्किनुभयो भने उहाँका यौन चाहना र क्षमता दुवैमा निस्सन्देह वृद्धि हुनेछ । अहिले उहाँमा भएको समस्या इरेक्टाइल डिस्फंक्सन हो, जसको कारण अत्यधिक मदिरा सेवन हो । धेरै रक्सी खाने पुरुषलाई उत्तेजनाको समस्या हुन्छ । तपाईँको श्रीमान्को सबैभन्दा प्रभावकारी उपचार नै रक्सी छाड्नु हो ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)