लमजुङमा भाइरलका विरामी बढे

लमजुङ, भाद्र १४ । लमजुङ सामुदायिक अस्पतालमा विरामीको चाप बढेको छ । मुख्यतः दूषित पिउने पानीका कारण हुने स्वास्थ्य समस्या लिएर विरामीहरु उपचारको लागि अस्पताल पुग्ने गरेका हुन् ।

दैनिक दुई सयको हाराहारीमा विरामी आउने जिल्ला सामुदायिक अस्पतालमा अहिले झण्डै चारसय विरामी आउन थालेका छन् । झाडापखाला, आउँ, जण्डिस, म्यादीज्वरो (टाइफाईड) का विरामीको चाप बढेको अस्पतालका प्रशासक युवराज देवकाटोले जानकारी दिनुभयो ।

यसैगरी, सोही प्रकृतिका विरामीको चाप वढेको सुन्दरबजारस्थित कर्मदा हस्पिटल प्रालिका डा. एचएन अधिकारीले बताउनुभयो । बढ्दो गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने तथा दुषित पानी पिउने गरेकाले अधिकांश विरामी भएका चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =