‘नाडा अटो शो २०१७’ मा एन आई सी एशिया बैंकको ग्राहकहरुलाई सर्वोत्तम सुविधा

काठमाडौं, भदौ १३ । आजदेखि नेपाल अटो डीलर्स एशोसिएन (NADA) को आयोजनामा भृकुटी मण्डपमा शुरु भएको ‘नाडा अटो शो २०१७’ मा ग्राहकहरुलाई सर्वोत्तम सुविधा दिने उद्देश्य राखी एन आई सी एशिया बैंकले आफ्नो सबल उपस्थिति जनाएको छ ।

नेपालको एक मात्र बृहत् उक्त अटो शो (NADA) मा बैंकले on The Spot Financing(तुरुन्तै कर्जा स्विकृत) गर्ने व्यबस्था समेत गराएको छ । यस बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधि सम्मको लागी आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने छ । साथै, ग्राहकहरुले अधिकतम लाभ लिन सकुन भन्ने हेतूले कर्र्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क (Frocessing fee/Administration Fee )नलिने व्यबस्था समेत गरिएको छ ।

साथै नाडा अटो शो २०१७ मार्फत सवारी साधन कर्जाको लागी आवेदन दिने ग्राहक महानुभावहरुलाई यस बैंकले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने जनाएको छ । थप जानकारीका लागी यही भदौ १८ गतेसम्म सञ्चालन हुने उक्त ‘नाडा अटो शो २०१७’ मा यस बैंकको स्टल नं. G7 मा पाल्नुहुन वा ग्राहकहरुलाई सुविधाजनक हुने यस बैंकको १२० शाखाहरु मध्य जुनसूकैै शाखामा  समपर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *