स्नातक पहिलो वर्षको परीक्षाा फेरि सर्यो, १७ गतेको परीक्षा ३१ गते हुने
२०७४ जेठ १५ गते

“
काठमाडौं भदौ १३ । तराईमा आएको बाढीका कारण यसअघि सारिएको स्नातक तह पहिलो बर्षको परीक्षा पुनः सारिएको छ ।
त्रिभुवन विश्वविद्यालयले ३ तथा ४ वर्षे स्नातक तह पहिलो वर्ष र प्रविणता प्रमाण पत्र तह पहिलो वर्षको यही भदौ १७ गते हुने परीक्षा सारेको हो ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले मंगलवार एक सूचना प्रकाशित गरी भदौ १७ गतेका लागि निर्धारित परीक्षा मुस्लिम धर्मालम्बीहरुको बकर इद परेका कारण भदौ ३१ का लागि सारिएको जनाएको हो ।
सो दिनको प्रवीणता प्रमाणपत्र तह प्रथम बर्षको मौका परीक्षा पनि भदौ ३१ मै हुनेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








