बाकेमा ४ सय २१ पदमा २३ सय बढीको मनोनयन दर्ता

लोकेन्द्र थापा, नेपालगन्ज । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका अनुसार ८ वटा स्थानीय तह, ८१ वडामा २ हजार ३ सय ७५ जनाको उम्मेदवारी परेको हो । १६ प्रमुख पदमा ८४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १६ उपप्रमुख पदमा ६३ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी वडा अध्यक्षमा ५ सय २२, खुल्ला सदस्यमा ८ सय ३४, महिला सदस्यमा ४ सय ३६ र दलित सदस्यमा ४ सय २ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । हिजो निर्वाचन अधिकृत कार्यालयमा दर्ता भएका उम्मेदवारहरुको मनोनयनमा आज उजूरी दिने, मनोनयन जाँच र मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।

Displaying vlcsnap-3187-11-18-14h46m39s160.png

आज बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार विहान ८ बजेदेखि १० बजेसम्म हिजो मनोनयन दर्ता भएका उम्मेदवार माथि उजूरी दिने समय तोकिएको थियो । सो अनुसार एउटै पार्टीबाट दुई जना उठेका मध्ये आधिकारिकता विवादका ८ वटा उजुरी परेका सहायक निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो । दिउँसो साँढे ३ बजेसम्म उजूरी परेका उम्मेदवारको मनोनयनपत्रको जाँच गरिने छ र जाँचपछि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

Displaying vlcsnap-0497-03-18-17h01m14s204.png

नेपालगंज उपमहानगरमा १७ जनाले मेयरमा र ११ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा ३ र कोहलपुर नगरपालिकामा १ जनाले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै खजुरा गाउँपालिकाबाट २, जानकी गाउँपालिका ५ र नरैनापुर गाउँपालिकाबाट ३ जनाले गाउँपालिका प्रमुख, उपप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकाबाट स्वतन्त्रबाट मेयरमा उम्मेदारी दर्ता गराउनेमा अब्दुल कलाम सिद्धिकी, मोहम्मद अज्जुव हलवाई र मेवालाल हलवाई रहनुभएको छ । यस्तै कोहलपुर नगरपालिकाबाट मुक्त थापाले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =