अमेरिकी दूतावासनजिक आक्रमण, चार जनाको मृत्यु

काबुल, १३ भदौ । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्युु भएको छ ।

अफगानिस्तानको जार इलाका पनि रहेको यस स्थानमा भएको आत्मघाती आक्रमणमा अन्य कैयौँ घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

कडा सुरक्षाको व्यवस्था रहेको यस स्थानमा आत्मघाती आक्रमणकारीले बोकेको बम विस्फोट गराएका थिए । स्थानीसमयाअनुसार मङ्गलवार बिहान १० बजे भएको यस आक्रमण तालिबान वा आइएसले गरेको भन्ने बारेमा केही बताइएको छैन ।

सुरक्षाका हिसाबले अति संवेदनशील रहेको सो क्षेत्रमा भएको हमलापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ ।

सो क्षेत्र बजार इलाकामा रहेको छ । उक्त क्षेत्रमा इदको पूर्वसन्ध्यामा किनमेलका लागि नागरिक उपस्थित भएका बेला यस्तो हमला भएको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *