अखिल क्रान्तिकारीको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका तामाङको जिवनी यस्तो छ

काठमाडौं, भदौ १३ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २१ औँ एकताको सम्मेलनमा रन्जित तामाङले  अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

रन्जित तामाङ विक्रम सम्बत २०३९  साल झापाको पोपगाडी गा.बि.स वडा न. २ मा जन्मिएका हुन् । ग्रामीण परिवेश बाट स्नाकोत्तर गरेका तामाङले एल एल बि समेत गरेका छन् । बि. स.२०५५ साल देखि अखिल (क्रान्तिकारी)मा आबद्ध उनी २०५८ सालमा झापा जिल्लाको जिल्ला सदस्य भएर पुर्णकालिन राजनीतिमा होमिएका थिए ।

बि.स. २०५८ साल देखि २०६० साल सम्म जेल जीवन बिताएका तामाङ जेल बाट छुटिसकेपछी २०६१ सालमा झापा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएका थिए । २०६७ सालमा केन्द्रीय सचिव हुँदै २०७१ सालमा उपाध्यक्ष भएका थिए ।

टिके प्रथा बाट होइन चुनाव बाट सच्चा नेतृत्व चुनिनु पर्छ भन्दै अन्तिम सम्म तामाङले अडान नछोडेपछी अखिल क्रान्तिकारी चुनावी मैदानमा होमिएको छ ।

तपाईँको अध्यक्षमा उम्मेदवारी किन भन्ने प्रश्नमा तामाङले भने ” एकता र धुर्विकरणको मनोभावनालाई समेट्दै अखिल (क्रान्तिकारी) लाई नेपालको विद्यार्थी आन्दोलनको एक नम्बर संगठन बनाउने अठोट गरेको छु । अखिल (क्रान्तिकारी) नेपालीको विद्यार्थी आन्दोलनमा शैक्षिक पुनरसंरचना र रूपान्तरणको नेतृत्व गर्दै संगठनलाई शैक्षिक आन्दोलनको नेता बनाउने सपना देखेको छु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *