वेइजिङले जाडोयाममा ठुलो मात्रामा नाइट्रिक अक्साइडको उत्सर्जनलाई नियन्त्रण गर्ने

बेइजिङ, चीन । बेइजिङले यस वर्षको जाडो याममा उत्पादन हुने एक हजार ८०० टन नाइट्रिक अक्साइड उत्सर्जनमा कमी ल्याउने बेइजिङको उष्णता नियन्त्रणका लागि सक्रिय एक समूहले आइतबार जनाएको छ । नाइट्रिक अक्साइड उत्सर्जनलाई प्रति घनमिटर १६ मिलिग्रामका दरले घटाउन बेइजिङले कम नाइट्रोजन नियन्त्रण प्रविधिमार्फत नाइट्रिक अक्साइड उत्सर्जन गर्ने स्रोतलाई अद्यावधिक गरेको छ । बेइजिङ वातावरण नियन्त्रण विभागका अनुसार बेइजिङले विगत चार वर्षमा प्रतिघण्टा २४ हजार ४०० टन पानी तताउने कोइलाको प्रयोगलाई हटाइसकेको छ ।


कोइलाको सट्टा प्रयोग भएको ग्याँसजन्य इन्धनको कम नाइट्रोजन उत्सर्जन प्रविधिले प्रतिघण्टा झन्डै १० हजार टन पानी तताउने गर्छ जसले पछिल्लो चार वर्षमा यसको प्रयोगबाट ठुलो मात्रामा वातावरणमा हुने गरेको उष्णताको मात्रामा कम गरेको विभागले जनाएको छ । चीनको उत्तरी क्षेत्रमा जाडो याममा वायु प्रदूषणको मात्रा अत्यधिक हुने गर्छ । उत्तरमा उद्योग तथा यातायातका साधनबाट निस्कने प्रदुषित हावा, कोइलाको प्रयोगबाट निस्कने प्रदूषण नै जाडो याममा वातावरणलाई तताउने प्रमुख स्रोतहरू हुन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =