बाम गठबन्धन सरकार बनाउने हतारोमा

काठमाडौं, पुस २२ । निर्वाचनबाट बहूमत ल्याएको बाम गठबन्धन सरकार बनाउने हतारोमा छ । राष्ट्रियसभा निर्वाचन अघि सरकार छोड्न नमिल्ने भन्दै काग्रेस नेतृत्वको सरकारले बाटो खुल्ला गरिदिन ढिलाई गरिरहेको छ । निर्वाचनबाट बहूमत र झण्डै दुई तिहाई नजिकको मत ल्याएपछि संविधान अनुसार एमालेको नेतृत्वमा बामगठबन्धनको सरकार बन्ने निश्चित भएको छ ।

तर, एमालेले ठ्याक्कै कुन मितिबाट सत्ताको बागडोर सम्हाल्छ स्पष्ट भइसकेको छैन । संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले बहुमत ल्याउने दलको नेता वा बहुमत पुर्याउने सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । निर्वाचन आयोगले निर्वाचनकाे परिणाम सार्वजनिक नगर्दा सरकार गठनको ब्यवस्था सक्रिय हुन पाएको छैन । निश्चित प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीको सिंहदरबार यात्रामा विलम्ब भइरहेको छ ।

राष्ट्रियसभा विना संघिय संसद पूरा नहुने र त्यसो नगरि प्रधानमन्त्री सरकार छाड्ने पक्षमा हुनुहुन्न । काग्रेस नेता तथा सिंचाईमन्त्री सञ्जय कुमार गौतमले राष्ट्रियसभाको निर्वाचन पछि मात्रै सरकार छाड्ने बताउनुभयो । एकल संक्रमणिय मतका आधारमा नै राष्ट्रियसभा निर्वाचन गर्ने टुङ्गो लागे सँगै राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने निर्णय भएको छ । राष्ट्रियसभा गठनपछि मात्रै समानुपातिकको सिट निर्धारण गरे सरकार बन्न कम्तिमा पनि फागुनको दोस्रो हप्ता सम्म कुर्नुपर्ने देखिएको छ ।

बरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली राष्ट्रिसभाको निर्वाचन पछि नयाँ सरकार बन्न झण्डै एक महिनाको समय लाग्ने बताउनुहुन्छ । राष्ट्रिय सभा गठन नगरिकन प्रधानमन्त्री चयन गर्न सकिने तर मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने संविधानका जानकारहरुले ब्याख्या गरिरहेका छन् । संविधानको धारा ९५ अनुसार संघीय संसदको पहिलो बैठक संयुक्त बस्नुपर्ने व्यवस्था छ । तर, संविधान अनुसार नयाँ सरकार गठनका लागि सांसदहरुले शपथ लिइरहनु भने पर्दैन ।

२०४८ मा गिरिजाप्रसाद कोइराला, २०५१ सालमा मनमोहन अधिकारी, २०५६ को चुनावपछि कृष्णप्रसाद भट्टराई पहिले प्रधानमन्त्री बन्नु भएको थियो । पछिमात्रै सांसदका रुपमा सपथ लिनु भएको थियो । त्यो प्रक्रिया अनुसार जाँदा केही कम समय लागेपनि संघिय संसदको पूर्णाता सपथग्रहणपछि सरकार गठनको प्रक्रिया अघि बढे नयाँ सरकार बन्न कम्तिमा एक महिना लाग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =