धमाधम एकाउन्ट बन्द गर्दै फेसबुक

एजेन्सी । तपाईँले फेक फेसबुक आइडी बनाउनु भएको छ ? २ वा दुई भन्दा बढी आइडी खोल्नु भएको छ ? यदि त्यस्तो हो भने तपाईँको आइडी छिट्टै बन्द हुनसक्छन् । फेसबुकले यस्ता फेक आइडीहरुलाई पहिचान गरेर छिटोभन्दा छिटो सस्पेन्स गर्ने, केही समयका लागी बन्द गर्ने,र आवश्यक भए बन्द समेत गर्ने जनाएको छ ।

फेसबुकको सुरक्षा हेर्ने अधिकारी एलेक्स तामोसले दैनिक १० लाख एकाउन्टहरु बन्द हुन सक्ने आँकलन गरेका छन् । एलेक्स तामोसले भनेका छन् काल्पनिक फेसबुक एकाउन्ट खोलेर धम्की दिने, अनावश्यक सामग्रीहरू पठाउने, किर्ते गर्ने र गालीगलौज गर्नेहरुको सङ्ख्या बढेकाले त्यस्ता एकाउन्टहरुलाई बन्द गर्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *