गोलकिपरले बल ठानेर खेलाडीको टाउको समाएपछि…
२०७४ जेठ १५ गते

काठमाडौँ । फुटबल खेलमा कहिले काँही रोचक घटना हुने गर्दछन । गएराती इङलिश प्रिमियर लिग अन्तर्गत भएको लन्डन डर्बीमा यस्तै रमाइलो घटना भएको छ ।
टोटनह्याम र वेस्टह्याम युनाइटेडबीचको सो खेलमा वेस्टह्यामका गोलरक्षक एड्रियनले बलको साटो आफ्नै टिमका खेलाडीको टाउको समातेको तस्विर अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ ।

टोटनह्याम खेल्ने मैदान वेम्बलीमा भएको खेलमा कर्नर किकको बल रोक्ने प्रयासमा रहेका एड्रियनले बल ठानेर आफ्नै टिमका खेलाडी चेखाउ कोयाटेको टाउको समातेका थिए ।
एड्रियनले कोयाटेको टाउको समातेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








