पाकिस्तानी जेलबाट नेपालीको गुहार : ‘जसरी हुन्छ स्वदेश फर्कन चाहान्छु’

काठमाडौं, भदौ १२  । करिब तीन दशकअघि सुदुरपश्चिमको एउटा गाउँबाट बेपत्ता भई अघिल्ले बर्ष पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपालीलाई घर फर्काउन उच्च तहमा कुटनीतिक पहल सुरु भएको छ ।

आफुलाई बैतडी, हेटैराज २ को नरेन्द्रबहादुर चन्द भनी चिनाउँदै फेसबुकमार्फत घर फर्कन चाहेको सार्जजनिक गरेपछि उनी सुरक्षा निगरानीमा परेका थिए ।

चन्दलाई क्वेटास्थित कारागारमा राखिएको जानकारी पाकिस्तानी अधिकारीले ईलामवादको नेपाली दुतावासलाई दिएका थिए ।

अफगानिस्तानी शरणार्थी युवतीसंग बिहे गरी दुई छोराछोरी जन्माएका नरेन्द्रले परिवारको सामाजिक सुरक्षामा खलल पुर्याएको भन्दै स्थानीय सुरक्षा निकायले चुनामा राखेको जबाफ तत्काल दिएको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *