गोविन्द केसीले फेरी दिए यस्तो चेतावनी

काठमाडौं, भदौ १२ । वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले फेरी अनशन बस्ने चेतावनी दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि असन्तुष्ट रहेका डाक्टर केसीले पुन सत्याग्रह आन्दोलन शुरु गर्ने चेतावनी दिएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै नेसनललाई सम्बन्धन दिने त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रारलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिएको छ ।

उनले माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्न माग पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *