ट्रम्पको धम्कीपछि भनेजुएलाले आम नागरिकलाई युद्ध कौशल सिकाउदै

“
काठमाडौँ, ११ भदौ– अमेरिकाले लगाएको प्रतिबन्ध तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य अभियानको धम्की दिएपछि भनेजुएलाको सेनाले आम नागरिकलाई राइफल र मिसाइल चलाउन तथा युद्ध कौशल सिकाउन सुरु गरेको छ ।
राष्ट्रपति निकोलस मादुरोद्वारा घोषित दुई दिवसीय सैन्य अभ्यासमा युद्धक विमान, ट्यांक तथा नेशनल बोलिवियन आर्मीका साथ सात लाख रिजर्विस्ट आम नागरिक भाग लिइरहेका छन् ।
कराकासको सन्य एकेडेमीमा सैनिकले गैर सैनिक नागरिकलाई मुक्काको प्रयोग गर्न, राइफल चलाउनका साथै युद्धक विमानलाई खसाल्नेवाला बन्दुक चलाउन सिकाएका छन् ।
अभ्यासकाबीच आफ्नो राइफलको निशानालाई नष्ट गरेपछि ६० वर्षीय महिला एरिका एवेनदानोले भनिन्, ‘म आशा गर्छुकी केही नहोस् तर पनि म जून सुकै अवस्थाको सामना गर्न तयार छु । ’
केही दिन अगाडि ट्रम्पले भेनेजुएलामाथि सैन्य कारबाही सहित उ विरुद्ध सबै प्रकारको विकल्पमाथि विचार गरिरहेको बताएका थिए ।
“








