बाढी प्रभावितको उपचार गरेर फर्किए लगत्तै डा. केसी बिरामी

भदाै १३, काठमाडौँ । सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किए लगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् । २३ दिनको लामो अनशनले थलिएका उनी राम्रोसँग नतंग्रिँदै बाढी प्रभावितको उपचारमा खटिएका थिए । अस्पतालबाट डिस्चार्ज भएकै भोलिपल्ट उनी राहत सामग्री र औषधि जुटाएर केही सहयोगी चिकित्सकका साथ सप्तरी पुगेका थिए ।

केही दिन बाढी पीडितको सेवामा बिताएका उनी काठमाडौँ फर्किएकै रातीदेखि बिरामी परेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अभिशेकराज सिंहले जानकारी दिए । ‘उहाँ फर्केकै राति १२ बजे सुरु भएको पेट दुखाइ लगातार बिहान ४ बजेसम्म रह्यो । त्यसपछि तुरुन्तै अस्पताल भर्ना गरिएको हो,’ उनले भने, ‘अहिले उहाँका स्वास्थ्य सम्बन्धी विस्तृत जाँच चलिरहेको छ ।’

पटक–पटक गरी लामो समय अनशन बसेका डा केसीलाई पेट सम्बन्धी समस्याले गाँजेको आशंका चिकित्सकहरुले गरेका छन् । उनलाई ‘सिभिएर ग्यास्ट्राइटिस’ भएको आशंकामा भोलि भिडियो एक्स–रे र इन्डोस्कोपी गर्न लागिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =