धरानमा मन्जुश्री फाईनान्सको नयाँ शाखा विस्तार

भरतराज शर्मा (गोपाल)सुनसरी, धरान । करिब ६० लाखको लागतमा मन्जुश्री फाईनाइन्स लिमिटेडले सुनसरीको धरानमा शाखा बिस्तार गरेको छ । धरान महेन्द्र पथमा शुक्रबार (आज) विधीवत रुपमा शाखाको सुरुवात गरिएको प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले जानकारी दिनुभयो । धरानको यो शाखा कम्पनीको नवौ तथा काठमाडौं उपत्यका बाहिरको तेश्रो शाखा हो । यस अघि काठमाडौं, बुटवल, धनगढी, ईटहरी, बिराटनगर तथा नेपालगंजमा गरी ८ वटा शाखा संचालनमा रहेका थिए । आगामी दिनहरूमा अझ शाखाहरु विस्तार गर्दे जाने कम्पनीले जनाएको छ ।
धरान शाखाको संचालनमा ६० लाखको लगानी रहेको र यसमा करिब १२ जनाले रोजगारी पाएको कम्पनीले जानकारी दिएको छ। नयाँ शाखाको शुभारम्भ कम्पनीका अध्यक्ष दामोदर प्रसाद गौतमले गर्नुभएको थियो । बह्त्तर करोड ४३ लाख ७८ हजार ५ सय कुल पुजी रहेको कम्पनीले निक्षेप तर्फ ३.५० अर्ब तथा कर्जा तर्फ ३.७१ अर्ब परिचालन गरेको छ भने फाईनाइन्सले बिप्रेशन, एटीएम लगायतका निक्षेपमा आर्कषण ब्याजदरको सुबिधा दिएको धरान शाखाका म्यानेजर राजन शर्माले जानकारी दिनुभयो ।








