प्रिमियर लिगमा न्युक्यासल र स्वान्सी सिटिको पहिलो जित

एजेन्सी– प्रिमियर लिगमा न्युक्यासल युनाइटेड र स्वान्सी सिटिले सिजनको पहिलो जित गर्दै अंक तालिकामा खाता खोलेका छन् । न्युक्यासले घरेलु मैदानमा वेस्ट ह्यामलाई ३–०ले हरायो । अर्को खेलमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसमाथि २–० को जित निकाल्यो ।

नव खेलाडी जोसेलुले ३६ औँ मिनेटमा न्युक्यासलका लागि पहिलो गोल गरेका थिए । त्यस्तै म्याट रिचीको शानदार क्रसको सदुपयोग गर्दै केरन क्लार्कले हेडिङमार्फत ७२औँ मिनेटमा न्युकासलको अग्रता दोब्बर बनाएका थिए । खेलको अन्तिमतिर परिवर्तित खेलाडी मिट्रोभिचले गोल गर्दै प्रशिक्षक राफा बेनिटेजलाई सिजनको पहिलो जित दिलाउन सफल भए ।

अघिल्ला दुवै खेल गुमाएको स्वान्सीले सिजनको पहिलो जितको खोजीमा रहेको अर्को क्रिस्टल प्यालेसलाई पराजित गर्यो । स्वान्सीका लागि टाम्मी अब्राहामले पहिलो हाफको ४४ औँ मिनेटमा गोल गरेका थिए भने आन्द्रे आयुले दोस्रो हाफको ४८ औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

अन्य खेलमा हडर्सफिल्डले साउथह्याम्प्टनसँग गोलरहित बराबरी खेल्यो । यहि सिजन बढुवा भएको हडर्सफिल्ड लिगमा अहिलेसम्म एक गोल पनि खाएको छैन ।

वाटफोर्डविरुद्ध ब्राइटनको खेल पनि गोलरहित बराबरीमै टुङ्गियो । पहिलो हाफको २४औँ मिनेटमै डिफेन्डर मिगेल ब्रिटोसले रातो कार्ड खाए पनि १० खेलाडिमा सीमित भएको वाटफोर्डले ब्राइटनलाई खेलभरी गोल हान्नबाट बञ्चित र्गयो । त्यसअघि भएको खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै म्याचेस्टर सिटीले बोर्नमाउथलाई २–१ ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *