यता, आउनुस न भन्दा उतातिर हातेमालो गर्नुहुन्छ अनि….

काठमाडौँ, माघ १२ । ‘संविधान संशोधन गर्न तयार हुनुहुन्छ ? भाग्नुहुन्छ । किनभने संशोधन भयो भने मुद्दा नै सकिन्छ । अझै पनि भन्छु यदि संविधानमा कुनै विभेद छ भन्ने आउनुस्, छलफल गरौं । तत्काल हटाइन्छ । तर, तपाईहरु आफैँ अरुसँगै हातेमालो गर्दै हुनुहुन्छ ।’ अबको नयाँ सरकारलाई सबैभन्दा गाह्रो विषय मधेसवादी दलहरुले आन्दोलन चर्काउदै आएको संविधान संशोधन हो ।

शुक्रबार पोखरामा समुदायिक रेडियो प्रशारक संघको सम्मेलन भव्यताका साथ चल्दै थियो । सभालाई विशेष सम्बोधन गर्दै थिए, एमाले अध्यक्ष ओलीले । यो माथिको भनाई उनै अध्यक्ष ओलीको हो । आफ्नो मन्तव्य दिने क्रममा उनले मधेसी दलहरुलाई सल्लाह दिन भ्याए । उनले भने,‘वाम र मधेसी गठबन्धन मिल्दा दुई तिहाई पुग्छ तर तपाईहरुचाहीँ अरुसँगै नजिकिएपछि त्यो सम्भव त हुँदैन । अब जेजस्तो भए पनि आउनुस्, हातेमालो गरौँ अनि अघि बढौ ।’
ओलीले मधेसी दलहरु काँग्रेससँग मिलेपछि संविधान संशोधन कसरी हुन्छ भन्नेबारेमा केन्द्रित रहेका थिए । कार्यक्रममाओलीले वाम र मधेसी गठबन्धन मिल्दा सजिलै दुई तिहाई पुग्ने र यसकारण पनि संविधान संशोधनमा कुनै गाह्रो साह्रो नहुने उनले औल्याए ।
कार्यक्रममा ओलीले संशोधन बारेमा हावादारी हल्ला गर्ने विषय नभएको भन्दै सरकारले ल्याएको संशोधन प्रस्तावको विरोध गरेको तर, संविधान संशोधन हुनै सक्दैन भनेर कहिल्यै नभनेको पनि प्रष्ट्याए । कार्यक्रममा महासचिव मनिष सुमन पनि उपस्थित रहेका थिए । उनले जसरी हुन्छ संविधान संशोधन गरेर देशलाई समृद्धितर्फ अघि बढाउनुपर्ने बताएका थिए भने यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनताको असन्तुष्टि सम्बोधन हुनु पर्ने धारणा राखे ।








