प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको माओवादी अध्यक्ष प्रचण्डको भनाइ

काठमाडौं, भदौ १० । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको बताएको छ । धनगढीमा आज पत्रकारसँग कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भएकोे बताउनुभएको हो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले पुराना सहमती कार्यान्वयन र केहि अति आवश्यक सम्झौता बाहेक अन्य विषयमा प्रवेस नगरेको उहाँले बताउनुभयो । स्थानीय तहको चुनाव गरेकोमा भारतले प्रसंसा गरेको तथा प्रदेश र प्रतिनिधिसभाको चुनावलाई भारतले सर्मथन गरेको उहाँले बताउनुभयो । राष्ट्रिय जना पार्टी निर्वाचनमा सहभागी हुने भएपछि संविधान कार्यान्वयनको लागी पनि बाटो खुलेको उहाँको भनाई छ । उहाँले नितिगत रुपमा एमाले र कांग्रेससँग पनि आगमी निर्वाचनमा तालमेल हुन सक्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *