इण्डोनेसियामा चक्कु किन्दा प्रेम बसेपछि…

काठमाडौं, भदौ १० । प्रेममा न उमेर हेरिन्छ, न त जातपात । इण्डोनेसियाका ६२ वर्षका एक पुरुषले यसलाई प्रमाणित गरिदिएका छन् । ६२ वर्षका सुलेमान दायंग नगम्पाले आफूभन्दा ४४ वर्ष कान्छी युवतीसँग हालै बिहे गरे, त्यो पनि लभ पारेर ।

१८ वर्षकी डायना डायंग नगनियांग र ६२ वर्षका सुलेमानको लभस्टोरी अहिले चर्चामा छ । चर्चाको प्रमुख कारण उनीहरुबीचको उमेरको अन्तर र प्रेमको सुरुवात नै हो ।

उक वेबसाइटका अनुसार सुलेमान ५ सन्तानका पिता हुन् र उनका ९ जना नाति-नातिना पनि छन् । केही वर्ष पहिले उनकी पत्नीको मृत्यु भएको थियो । करीब एक वर्ष पहिले उनको चिनजान डायनासँग भयो र दुबैजना एक अर्काको प्रेममा परे । अन्ततः गत जुलाइ १६ का दिन आफ्ना छोराछोरी तथा नातिनातिनीहरुको उपस्थितिमै सुलेमानले डायनासँग बिहे गरे ।

समाचार अनुसार, डायनाका पिताले धातुका भाँडाकुँडा तथा औजार बनाउने काम गर्दछन् । आफ्नी पत्नीको मृत्युपछि सुलेमान प्रायः चक्कु तथा धातुका अन्य भाँडाकुँडा खरीद गर्न डायनको घरमा जाने गर्दथे । डायनाले ग्राहकको रुपमा आएका सुलेमानलाई सधैं कफी बनाएर खुवाउँथिन् । यसो गर्दागर्दै सुलेमान र डायनाले एक अर्कालाई माया गर्न थाले ।

करीब एक वर्षपछि सुलेमानले डायनासँग बिहेको प्रस्ताव राखे । डायना त बिहेको लागि तयार नै थिइन् तर हजुरबा उमेरको व्यक्तिसँग आफ्नी चेलीको बिहे गरिदिन समाज राजी भएन । तर समाजको बिरोध धेरै टिक्न सकेन । उनीहरुबीच बिहे भइछाड्यो ।

आफ्नो ४४ वर्ष जेठो पतिका बारेमा डायना भन्छिन्: मलाई सुलेमानको व्यक्तित्व निकै मन पर्दछ । मलाई विश्वास छ कि हाम्रो वैवाहिक जीवन निकै सफल हुनेछ । सुलेमान ५ सन्तानको पिता हुन् तर डायनाबाट पनि बच्चा पाउन चाहन्छन् उनी ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *