भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा धार्मिक भ्रमणमा

काठमाडौं, भदौ १० । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक भेटघाट सकेर अवलोकन भ्रमण सुरु गर्नुभएको छ । प्रधानमन्त्री देउवा राजनीतिक भेटवार्ता सकेर हिजो धार्मिक भ्रमणमा निस्कनु भएको छ ।

उहाँकोे तेलंगनाका गभर्नर र बिहारका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ता र दुई मन्दिर दर्शनबाहेक अरू कार्यक्रम छैन । हिजो प्रधानमन्त्री देउवा नेपाली भ्रमण दलका सदस्यसहित तेलंगनाको राजधानी हैदराबाद पुगेका छन् । आज प्रधानमन्त्री देउवा बिहान १० बजे विशेष विमानबाट तिरुपति दर्शनका लागि जाँदैहुनुहुन्छ । एकघन्टा १० मिनेटको उडानपछि उहाँ तिरुपति पुगेर केहीबेर श्रीकृष्ण गेस्टहाउसमा बस्ने कार्यक्रम रहेको छ । दउँसो साढे १२ बजे तिरुपति बालाजी मन्दिर दर्शनका लागि जान कार्यक्रम रहेको छ ।

दर्शनपछि होटेल फर्केर प्रधानमन्त्री देउवा आज अपराह्न ५ बजे गया पुग्ने कार्यक्रम छ । उहाँलाई गयाको रोयल रेजेन्सी होटेलमा बिहारका मुख्यमन्त्री नीतीश कुमारले रात्रिभोज दिने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भोलि गयास्थित महाबोधी मन्दिर दर्शन गर्ने कार्यक्रम छ । उहाँ त्यहाँबाट अपराह्न ३ बजे दिल्ली जाने र दिल्लीबाट भोलि साँझ ८ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *