विकास र समृद्धि मार्फत जनताको अनुहारमा मुस्कान ल्याउने भगवती चौधरीको प्रतिबद्धता

मङ्सिर ५, सुनसरी । सुनसरी क्षेत्र नम्बर तिनबाट वामगठवन्धनकी साझा उमेदवार बनेकी भगवती चौधरीले जनताले दिएको एक एक मतको कदर गर्दै सुनसरी क्षेत्र नम्बर तिनमा विकास र समृद्धि मार्फत जनताको अनुहारमा मुस्कान र आँगनमा खुसी ल्याउने बताएकी छन् ।

बाम गठबन्धनले ईनरुवाको चाँदबेलामा सञ्चालन गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले २६ वर्षमा हुन नसकेका विकासका काम ५ वर्ष भित्रमा गरेर देखाउने प्रतिबद्धता समेत जनाइन् । उनले क्षेत्र नम्बर तिनको विकास र सम्वृद्धिका लागि कुनै कसर बाँकी नराखी काम गर्ने बताइन । नेतृ चौधरीले यस क्षेत्रबाट पटक पटक चुनाव जितेर उपप्रधानमन्त्री र मन्त्री भए पनि जनताका लागि विजय कुमार गच्छेदारले केही काम नगरेको आरोप लगाइन । उनले सत्तासिन व्यक्तिबाट महिलालाई होच्याउने र कमजोर देखाउने गरी गर्ने प्रचार प्रसारले सम्पूर्ण महिलालाई ठाडो चुनौती दिएको आरोप समेत लगाईन ।

उनले महिलाका सम्बन्धमा त्यस किसिमका गलत विचार र भावनाहरू प्रचार गर्नु दुर्भाग्य भएको बताइन । उनले आफू महिला भएकाेमा गर्भ रहेकाे बताइन । उनले सुनसरी क्षेत्र नम्बर तिनको विकास र सम्वृद्धिको अभियानमा अग्रसर हुन आम जनतालाई आग्रह समेत गरिन । झुठा आश्वासन, पद र पैसाको प्रलोभन देखाउनेले जनताको कहिल्यै पनि भलो नगर्ने भन्दै पुस महिना नलाग्दै नेपालमा वामपन्थीहरुको बहुमतको सरकार बन्ने चौधरीले दाबी गरिन । साे अवसरमा उनले केन्द्र र प्रदेशमा वामपन्थीेको सरकार बन्नेमा विपक्षीहरूले पनि स्वीकार गरेको बताएकी थिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =