उत्तर कोरियाबाट पुनः सानो दुरीका तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण

काठमाडौं, भदौ १० । उत्तर कोरियाले सानो दुरीका तीन वटा ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ । संयुक्त राष्ट्र संघलगायत शक्तिशाली देशले गरेको आग्रहको वेवास्ता गर्दै उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परिक्षण गरिरहेको हो ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले पूर्वी समुद्रमा थुप्रै क्षेप्यास्त्र परीक्षण गरेको देखिएको जनाएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्रले करिब २५० किलोमिटरको दूरी तय गरेको थियो ।

स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ४९ मिनेट जाँदा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

अमेरिकी प्यासिफिक कमाण्डले भने पहिलो र तेस्रो क्षेप्यास्त्र उडानमा विफल भएको र दोस्रो क्षेप्यास्त्र परीक्षणपछि विस्फोट भएको जनाएको छ ।

आधा घण्टाभित्रै ती क्षेप्यास्त्र परिक्षण गरिएको हो । उसले उत्तर कोरियाद्वारा गरिएको परीक्षणबाट गुआम टापुलाई कुनै खतरा नरहेको बताएको छ ।

गत महिना अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियाले अमेरिकी प्रायद्वीप गुआममा क्षेप्यास्त्र हमला गर्ने चेतावनी अमेरिकालाई दिएको थियो ।(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *