सक्षमको सहकार्यमा एनअाइसी एसिया बाजुराको मार्तडीमा सञ्चालन

साउन २६, काठमाडौँ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा पहिलो निजी वाणिज्य बैङ्क एनअार्इसी एसिया सञ्चालनमा आएको छ । बैङ्कले ग्रामीण तथा दुर्गम जिल्लाहरूमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रममा युके एड एक्सेस टु फाईनान्स सक्षमसंगको सहकार्यमा उक्त स्थानमा वित्तीय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पुर्याएको हो ।

नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा एनआईसी एसिया बैङ्क र युके एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम) बिच औपचारिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सक्षमको सहकार्यमा एनअार्इसी एसियाले बाजुरा जिल्लाको मार्तडीमा शाखा सञ्चालन गर्दै पहिलो निजी वाणिज्य बैङ्क भएको छ ।  शाखा सञ्चालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली ९ लाख ५० हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।

हाल सम्म यस बैङ्कको ११९ शाखा कार्यालयहरु, ७८ एटीएम मेसिनहरु तथा ४ वटा बिस्तारित एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा रहेका छन् । सक्षम युकेएडद्वारा सञ्चालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डी एफआई डी नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्यहरू गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *