अपेक्षा अनुसार नतिजा नआउनु पार्टीभित्रैको संगठनको कमजोरी भएको प्रचण्डको भनाई

२०७४ जेठ १५ गते

“
सुर्खेत, भदौ ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अघि सम्पन्न दुवै चरणको स्थानीय तह निर्वाचनमा पार्टीको अपेक्षा अनुसार नतिजा नआउनु पार्टीभित्रैको संगठनको कमजोरी भएको बताउनुभएको छ ।
सुर्खेतमा आयोजित पार्टीको प्रदेश नं. ६ को बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुग्नुभएका अध्यक्ष प्रचण्डले वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । उहाँले संगठनको आवश्यकता अनुसार संरचना बनाउन नसक्नु मूख्य कमजोरी भएको औल्याउनुभयो ।
अध्यक्ष प्रचण्डले राजपा पनि चुनावमा भाग लिन सहमत भएकाले निर्वाचन सहज रुपमा सम्पन्न हुने बताउनुभयो । अध्यक्ष दाहालले प्रदेश र केन्द्रको निर्वाचन पनि एकै चरणमा हुने निश्चित भैसकेको बताउनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित