भारतका आध्यात्मिक गुरु गुमरित बलात्कारी ठहर


“
भदाै ९, भारत । भारतका स्वघोषित आध्यात्मिक गुरु गुमरित राम रहिमलाई अदालतले बलात्कारमा दोषी ठहर गरेको छ । हरियाणाको पन्चकुलास्थित केन्द्रीय जाँच ब्युरोको विशेष अदालतले डेरा सच्चा सौदाका प्रमुख समेत रहेका रहिमलाई बलात्कारमा दोषी ठहर गर्दै जेल पठाउने निर्णय गरेको हो ।
उनले भोग्नु पर्ने जेल सजायको समय अदालतले सोमबार तोक्नेछ । त्यतिन्जेल रहिमलाई प्रक्राउ गरेर सेनाको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अहिले उनलाई भारतीय सेनाको पश्चिम कमाण्डको मुख्यालयमा राखिएको छ । उनलाई राखिने जेलबारे भोलिसम्म निर्णय गरिनेछ ।
पन्चकुलामा रहिमका हजारौँ समर्थक जम्मा भएका छन् । राज्य सरकारले स्थिति सामान्य राख्न त्यहाँ कर्फ्यू आदेश जारी गरेको छ । आफूलाई आध्यात्मिक गुरु बताउने रहिम विरुद्ध एक महिला अनुयायीले सन् २००२ मा बलात्कारको आरोप लगाएकी थिइन् ।
उनमाथि हत्या आरोपमा पनि मुद्दा चलिरहेको छ । रहिम धार्मिक गुरुका अलावा गीत गाउने र फिल्म पनि खेल्ने गर्थे ।
“
