थाइल्याण्डकी पूर्व प्रधानमन्त्री सिनावात्रा फरार

भदौ ९, काठमाडौँ । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलुक सिनावात्रा देश छाडेर भागेकी छन् । अनुदानको चामलमा भएको अनियमितता सम्बन्धी मुद्दामा अदालतले फैसला गर्नु अघि उनी भागेको बताइएको छ । उनको पार्टीका निकट व्यक्तिहरूले बताए अनुसार अदालतको फैसलाको केही समय अघि उनले अप्रत्यासित रूपमा देश छाड्ने निर्णय लिएकी थिइन ।

सिनावात्राका वकिलले उनी बिरामी भएका कारण अदालतमा उपस्थित हुन नसकेको जानकारी दिएका छन् । तर, अदालतले वकिलको तर्कलाई खारेज गरी मुद्दाको फैसला मिति सेप्टेम्बर २७ सम्मका लागि तोकेका छन् । सिनावात्रा थाई सर्वोच्च अदालतमा चलिरहेको मुद्दाको सुनुवाइका लागि शुक्रवार अदालतमा उपस्थित हुनुपर्ने थियो । अदालतले उनको जमानत जफत गरी पक्राउ पुर्जी जारी गरेको छ ।

१ विलियन डलर भन्दा बढीको थाइ सरकारको यस योजनामा आफूले कुनै अनियमितता नगरेको दाबी सिनावात्राको छ । यस अनियमिततामा दोषी पाइए उनलाई १० वर्षसम्मको जेल सजाय तथा राजनीतिमा आजीवन प्रतिबन्ध हुनसक्छ ।उनको पार्टी पुए थाई पार्टी स्रोतले रोयटर्ससाग कुरा गर्दै उनले थाइल्याण्ड छाडिसकेको जानकारी दिएको छ । तर, उनी कहा छिन् भन्ने बारेमा भने केही खुलाइएको छैन ।

यसअघि थाई प्रधानमन्त्री प्रायुथ चाङ ओचाले देशका सबै नाकामा कडा निगरानी राख्न निर्देशन दिएका थिए ।

‘मैले भर्खरै सुनेा कि उनी अदालतमा उपस्थित भइनन्’, प्रधानमन्त्री ओचाले पत्रकारहरुसाग भने, ‘मैले मुलुकका सबै सीमामा निगरानी राख्न भनेको छु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *