प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर निहुँरायो

भदाै ९, काठमाडाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले देशको शिर निहुँरिएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाको दिनु भएको अभिव्यक्ति लज्जाजनक रहेको र त्यसले सार्वभौम संसद्को धज्जी उडाएको दाबी गर्दै आपत्ति जनाएका हुन् ।

बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्विकार्यता बढाउन आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रमुख प्रतिपक्ष दलका नेता ओलीले प्रधानमन्त्रीको सो भनाई लज्जाजनक रहेको र त्यसले संसद्को निर्णयको समेत धज्जी उडाएको प्रतिक्रिया दिए ।

अोलीले प्रधानमन्त्रीको सो अभिव्यक्ति असान्दर्भिक भएको र त्यसले राष्ट्रको स्वाभिमानलाई बेवास्ता गरेको दाबी पनि गरे । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा गरेको उच्चस्तरीय भेटवार्ता, हाउभाउ र विषयवस्तुको प्रस्तुति लज्जाजनक भएको समेत उल्लेख गरे । शुक्रवार आफ्नो स्वास्थ्यको नियमित परीक्षणका लागि बैंकक प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री देउवाले क्षमायाचनाको भाषामा संविधान संशोधन विधेयक पारित गराउन नसकेको प्रतिक्रिया भारतीय प्रधानमन्त्री मोदी समक्ष दिएर नेपालको स्वाभिमानमाथि नै गम्भीर ठेस पु¥याएको पनि बताए ।

अध्यक्ष ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्र्थापनाको कामलाई अझै प्रभावकारी बनाउन सरकारको पुनः ध्यानाकर्षण गराए । उनले पीडितलाई राहत दिने काममा पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको बताए । अध्यक्ष ओलीले पीडितलाई राहत दिन पार्टीले स्थलगत रूपमै पनि पार्टीका नेता, कार्यकर्तालाई परिचालन गरिरहेको पनि स्पष्ट पारे ।

एमालेले बाढी, पहिरो र डुबान पीडितलाई राहत दिन पार्टीका सांसदहरुको एक महिनाको तलब बापत जम्मा भएको करिब १ करोड रकम सरकारलाई हस्तान्तरण गरिसकेको छ । अध्यक्ष ओलीलाई बिदाइ गर्न कार्यबहाक अध्यक्ष बामदेव गौतम, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा एक साता बैंकक बस्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *