एलजीको नयाँ टेलिभिजन जसले लामखुट्टेबाट जोगाउँछ

भदाै ९, काठमाडौँ । एलजीले बजारमा लामखुट्टेबाट जोगिन टीभीएस टेलिभिजनको नयाँ माध्यम ल्याएको छ । लामखुट्टे रहित टेलिभिजनमा ध्वनी सम्बन्धीका उपकरण जडित भएको र चालु हुना साथ लामखुट्टेको महसुस गर्ने शक्तिलाई अशक्त बनाउँने जनाइएको छ ।

लामखुट्टे रहित यन्त्र जडित टेलिभिजनले परिवारलाई लामखुट्टेबाट जोगाउने र अरू लामखुट्टे रहित साधनको हानिकारक रसायनहरुबाट पनि बचाउने जनाइएको छ । ध्वनी तरङ्गले कुनै पनि विकरण उत्पादन नगर्ने भएकाले योे हानिकारक नभएकोे कम्पनीले जनाएको छ ।

उक्त ध्वनि नसुनिने, नदेखिने र गन्धहिन हुनुका साथै मानवसँग मिलनसार रहेको जनाइएकोे छ । बैश्विक संस्थाहरूको मापदण्ड बमोझिम पूर्णरुपले सुरक्षित रहेको यो टेलिभिजनलाई स्ट्यान्ड बाइ मोडमा राख्न पनि सकिने र जनाइएको छ । यस आश्चर्यचकित गुणका साथै सर्वश्रेष्ठ गुणस्तरीय चित्रका लागि एचडी १०८० पी (४३ इन्च), आइपीएस सूचीपत्र र एक्स डी साधन सहित डोल्बाई डिजिटल भएका शक्तिशाली ध्वनी र पातलो काँचको धारजस्तो धातुयुक्त बनोट पनि रहेको जनाइएको छ ।

एलजी टेलिभिजनले गिलोपना, धुलो, चट्याङ र लहरबाट सुरक्षा दिने भएकोले यसले सर्वश्रेष्ठ सुरक्षा दिने कम्पनीको भनाइ छ । टेलिभिजनमा स्मार्ट व्रिकेट एप खेल र अरू थुपै खेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *