सामाजिक सेवामा लागेका धुर्मुस–सुन्तलीले ‘कमाउँधन्दा’ चलाएकै हुन त ?

काठमाडौँ, भदौ ९ । सामाजिक सेवामा होमिएका धुर्मुस–सुन्तलीमाथि उजुरी दर्ज भयो । आरोप थियो, समाज सेवाका लागि खोलिएको ‘धुर्मुस–सुन्तली फाउन्डेसन’का लागि आउने आर्थिक सहयोग कुञ्जना घिमिरेका खातामा गएको । उसो त फाउण्डेसन पारदर्शी नभएको आरोप यसअघि नै गो गो फाउण्डेसनको केदार खड्काहरुले लगाएकै थिए ।

विरोधीहरुले नेपाल सरकारलाई तिर्नुपर्ने करसमेत नतिरेको भन्दै उजुरी दर्ज गरेका हुन् । समाजकल्याण परिषद्ले अनुसन्धान गर्दा धुर्मुस–सुन्तलीको हकमा आरोपमा सत्यता नभएको प्रमाणित भएको हो । परिषद्ले उक्त परियोजना कानुनबमोजिम नै चलेको हुनाले काम अगाडि बढाउन आदेश दिएको छ ।

समाजकल्याण परिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई उजुरीकर्ताको आरोप पुष्टि हुने कुनै काम नभएकाले गरिरहेका कामलाई निरन्तरता दिन पत्रचार गरेको हो । धुलिखेलका राज हुमागाईंले दर्ज गरेको उजुरीउपर समाजकल्याण परिषद्को अनुसन्धानले साउन २६ गते उपनिर्देशक दुर्गाप्रसाद भट्टराईको पत्रमार्फत क्लिन चिट दिएको हो । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *