फोर्ब्सको सूचीमा शाहरुख, सलमान र अक्षय

काठमाडौं, भदौ ९ । अभिनेत्रीपछि अब फोर्ब्स पत्रिकाले विश्वका सबैभन्दा बढी कमाइ गर्ने अभिनेताको सूची सार्वजनिक गरेको छ । यो सूचीमा बलिउडका तीन खानमध्ये दुईको नाम समावेश गरेको छ । गत वर्ष बलिउडको सबैभन्दा सुपरहिट चलचित्र ‘दंगल’ दिएका आमिर खानको नाम यो सूचीमा छैन ।

यो वर्ष ‘ट्युबलाइट’ र ‘जब हेरी मेट सेजल’ जस्ता फ्लप फिल्म गरेका सलमान खान र शाहरुख खानको नाम यो सूचीमा छ ।

सलमान र शाहरुखसँगै यो सूचीमा तेस्रा बलिउड स्टारका रूपमा अक्षय कुमारको नाम छ । ‘रईस’ र ‘जब हेरी मेट सेजल’ जस्ता चलचित्र दिएका शाहरुख खानको नाम यो सूचीमा आठौँ स्थानमा छ । सलमानले नवौँ स्थान पाएका छन् । यस्तै यसै वर्ष ‘जोली एलएलबी–२’ र ‘टोइलेटः एक प्रेम कथा’ जस्ता हिट फिल्म दिएका अक्षय कुमार सूचीको १० औँ स्थानमा छन् ।

हालै फोर्ब्स पत्रिकाले विश्वका सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्रीको नाम सार्वजनिक गरेको थियो, सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण सूचीदेखि बाहिरिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *