एमाले अध्यक्ष ओली बैंकक जादै

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ९ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्यान्डको राजधानी बैंकक जाँदै हुनुहुन्छ । अध्यक्ष ओली अपराह्न १ बजे थाई एयरवेजको विमानबाट थाइल्याण्ड जाने एमालेले जनाएको छ ।
उहाँको साथमा श्रीमती राधिका शाक्य र सालो राजेश बज्राचार्यसहित बैंकक जाने उहाँको सचिवालय सदस्यले जानकारी दिनुभयो । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहने कार्यक्रम छ । बैंककमा उपचारपछि उहाँ चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जाने पनि एमालेले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित