राजपाले आजबाट उम्मेदवार छान्दै

काठमाडौं, भदौ ९ । राष्ट्रिय जनता पार्टीले चुनावको तयारी सुरु गरेको छ । राजपाले लनिर्वाचनमा जाने निर्णय गरेसँगै आजबाट उम्मेदवार छनौट गर्ने भएको छ । राजपा जिल्लाबाट उम्मेदवारहरूको नाम तय गर्ने तयारीमा छ । जिल्लामा नाम टुंगो नलागेको अवस्थामा केन्द्रबाट टुंगो लगाइनेछ । ९ देखि १३ भदौसम्म उम्मेदवारको नाम तय गर्ने काम जिल्ला पार्टीले गर्नेछ । जिल्ला पार्टीले टुंगो लगाउन नसकेका तहका उम्मेदवारका आकांक्षीको नाम मात्रै पार्टीको केन्द्रीय तहमा आउनेछ ।

संविधान संशोधनको दोस्रो विधेयक संसद्बाट पास हुन नसकेपछि दुई वर्ष देखी आन्दोलन गर्दै आएको राजपाले निर्वाचनमा जाने निर्णय गरेको हो । यसअघि प्रचण्ड सरकार र वर्तमान शेरवहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गरिदिएको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताउनुभयो । मधेश आन्दोलनका बेला लागेका झुठा मुद्दा फिर्ता भएको, स्थानीय तहको संख्या बढाउन सफल भएको र संशोधन विधेयकलाई संसदमा निर्णयार्थ पेश गर्न राजपा सफल भएको बैठकले निश्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *