प्रधानमन्त्री देउवा आज हैदरावाद जाँदै

काठमाडौं, भदौ ९ ।  भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज हैदराबाद जाँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवा ११ः३० बजे विशेष विमानबाट दिल्ली हुँदै हैदराबाद जाने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री देउवाले हैदराबादको सूचना प्रविधि पार्क (हाइटेक सिटी) को अवलोकन गर्ने कार्यक्रम छ । दिल्लीमा रहँदा भारतीय जनता पार्टी निकट थिंक ट्यांकहरुको गैर सरकारी संस्था इण्डिया फाउन्डेसनले आयोजना गर्ने एक कार्यक्रमलाई प्रधानमन्त्री देउवाले आज १० बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

हिजो प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय भेटवार्ता भएको थियो । नेपाल भारतबीच ८ बुँदे सम्झौता भएको छ भने दुई देशका प्रधानमन्त्रीले ४६ बुँदे सयुक्त वक्तव्य जारी गर्नु भएको छ । ८ समझदारीमा पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको छ भने नेपाल र भारतबीच मेची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, नापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *