जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७४ जेठ १५ गते

“
मकवानपुर, ८ भदौ । जवरजस्ती करणी गरेको अभियोगमा हेटौडा उपमहामनगरपालिका–१८ बस्ने ४० वर्षीय प्रदिप पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ ।
पोख्रेलले गत साउन २३ गते भिमफेदी गाउँपालिका–८ निवुवाटार घर भई हेटौडा उपमहानगरपालिका–१८ एकले खेत डेरा गरी बस्ने मानसिक सन्तुलन ठिक नभएकी १६ बर्षीया युवतीलाई घरमा कोही नभएको अवस्थामा जवरजस्ती करणी गरी भागेको बताइएको छ ।
उक्त घटनाको खबर बुधवार प्राप्त भएपछि प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलीले पोख्रेललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित