नेपाल र भारतबीच यी सम्झौतामा हस्ताक्षर

भदौ ८, नयाँदिल्ली । नेपाल र भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएको हो । त्यस अघि हैदराबाद हाउसमा देउवा र मोदीबीच झन्डै ३० मिनेट वान टु वान कुराकानी भएको थियो ।

नेपाल र भारतबीच मेची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, नापतौल र चार्टर एकान्टेन सम्बन्धी चार समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको छ । भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन अर्थात् १ अर्बको प्रयोगबारे छ भने अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्बन्धी छ ।

चार समझदारी २५० विलियन अर्थात् २ खर्ब २० अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *