सिरिया संघर्ष : गुटामा ग्यास आक्रमण
२०७४ जेठ १५ गते

काठमाडौं, पुस ३० । द्वन्द्वग्रस्त सिरियाको राजधानी दमास्कसमा क्लोरिन ग्यास आक्रमण भएको छ । दमास्कसको बाहिरी क्षेत्रमा ग्लोरिन ग्यास आक्रमण भएको हो । मिसाइल आक्रमणपछि द्वन्द्वग्रस्त पूर्वी गुटामा ग्लोरिन ग्यासको गन्ध आएको बिबिसीले जनाएको छ ।
गुटाका बासिन्दाका अनुसार मिसाइल आक्रमण लगत्तै ग्यासको गन्ध महसुस गरिएको हो । नागरिकलाई स्वासप्रस्वास सम्बन्धी समस्या भएको र अहिले ६ जनाको उपचार थालिएको बिबिसीले उल्लेख गरेको । यो क्षेत्रमा झण्डै चार लाख मानिस बिद्रोहीको घेराबन्दीमा छन् ।
गृहयुद्ध सुरु भएयता सिरियामा पटक पटक रसायनिक आक्रमण भएको खबर सार्वजनिक हुने गरे पनि सिरियाली सरकारले भने यसको खण्डन गर्दै आएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








