पेस्तोलसहित तीनजना पक्राउ

मनोज अर्याल, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ लौहरौलीमा पेस्तोलसहित बुधबार तीनजना युवा पक्राउ परेका छन् ।

सुराकीका आधारमा स्थानीय १६ वर्षीय कन्हैया केवट, श्रवण हरिजन र बेलासपुर बस्ने वर्ष १६ कै अनन्दकुमार जैसवाललाई खानतलासी गर्दा कुटुवा पेस्तोल बरामद भएको नवलपरासी प्रहरीले जनाएको छ ।

कन्हैया केवटको झोलाभित्र ब्यान्ड लेखेको कटुवा पेस्तोल फेला परको हो । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *