पाँच लाखसहित दश जना जुवाडे पक्राउ

पोखरा, भदौ ८ । पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट चार लाख ७९ हजार ६ सय ३५ सहित दशजना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, शिशुवाबाट खटिएको टोलीले प्रमोद रानाभाटले संचालन गरेको शिशा होटल एण्ड रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पाँच बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

पोखरा २७ का सइबहादुर दुरा, निराजन बराल, नवराज श्रेष्ठ, बुद्ध गुरुङ, निरज बराल, जीवनाथ ढकाल, राजकुमार गुरुङ र मादी गाउँपालिका–१२ का प्रकाश ढकाललाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *