अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा आजदेखि बन्द सत्र

काठमाडौं, भदौ ८ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी को २१ औँ राष्ट्रिय सम्मेलनमा बिहीबारदेखि बन्द सत्र सुरु हुँदैछ ।  बिहान १० बजे आयोजक समितिको बैठक बसेर बन्दसत्रको अन्तिम तयारी गर्ने र ११ बजेदेखि बन्द सत्र शुरु हुने अखिल क्रान्तिकारीका बरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो ।

बन्दसत्रमा प्रस्तुत हुने विधान प्रतिवेदनमाथि २० वटा टोली बनाएर छलफल गरिने र प्रतिनिधिले उठाएको प्रश्नको नेतृत्वले जवाफ दिने कार्यक्रम छ । विधान पास भएपछि सर्वसम्मत नेतृत्वको लागि पहल हुने र सहमति नजुटेमा चुनावमा जाने पनि उपाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

सम्मेलनमा देशभरबाट २ हजार ७६ जना प्रतिनिधिले चुनावमा जान दवाव दिएकोले चुनाव हुने सम्भावना बलियो रहेको विद्यार्थी नेताहरुले बताएका छन् । सम्मेलनले ३३ सदस्यीय पदाधिकारी र २ सय ४३ जना केन्द्रिय सदस्य चयन गर्नेछ ।

अध्यक्षमा रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, विरेन्द्र बस्नेत र मदन अर्यालले दावी गरेका छन् ।  बुधबारदेखि सुरु भएको सम्मेलन आउँदो आइतबार सकिने अखिल क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *