किन जाँदैछन् डाक्टर केसी सप्तरी ?

काठमाडौं, भदौ ८ ।  ११ औं अनशन स्थगित गरेको नवौं दिन बिहीबार डा. गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका छन् । उनले सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन् । यसपछि उनी बाढी प्रभावित अर्को क्षेत्र तिलाठी जानेछन् । आजको कान्तिपुरमा खबर छ ।

सप्तरीबाटै उनले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेजीलगायत माग राख्दै सरकारलाई केही दिनको अल्टिमेटम दिने मनस्थितिमा डा. केसी रहेको उनी निकटहरूले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि भारत भ्रमणमा रहेकाले उनी फर्किएर आउञ्जेल केही दिन केसीले सरकारलाई माग पूरा गर्न समय दिनेछन् ।

मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टाचार, अपराध सार्वजनिक हुँदा पनि त्रिविका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपति तीर्थ खनियाँलाई कारबाही नगर्नुले सबैको मिलेमतोमा सम्बन्धनलगायत चलखेल भएको आरोप डा. केसीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *