बाढीग्रस्त क्षेत्रमै पुगेर हिमानीले बाडिन् २५० परिवारलाई राहत

पर्सा, भदौ ७ । पर्साको पोखरिया नगरपालिकाका बाढीपीडितलाई बुधबार पूर्व युवराज्ञी हिमानी शाहले राहत वितरण गरेकी छन् ।   पोखरिया नगरपालिकास्थित जिल्ला उचांगल उच्चमाविको प्राङ्गणमा पूर्व युवराज्ञी शाहले २५० बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् । जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साको समन्वय र हिमानी ट्रष्टको आयोजनामा राहत वितरण गरिएको हो ।

साउन २६ देखि ३० गतेसम्म परेको अविरल वर्षाका कारण डुबानमा परेका बाढीपीडितलाई त्रिपाल, चामल, चिउरा, बिस्कुट, नून, खानेतेललगायतका सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *