कालिकोट जिल्ला अस्पतालमा औषधी अभाव

२०७४ जेठ १५ गते

“
कालिकोट, भदौ ७ । कालिकोट जिल्ला अस्पताल कालिकोटमा औषधीको अभाव भएको छ । सरकारले स्वास्थ्य क्षेत्रको बजेट स्थानीय तहमा नै विनियोजन गरेको र जिल्ला जनस्वास्थ्य कार्यालयलाई औषधी खरिद बजेटको व्यवस्था र अख्तियारी नहुँदा जिल्ला स्वास्थ्य कार्यालयमा अभाव भएको हो ।
जिल्ला अस्पतालमा कुनै प्रकार औषधी नभएको,औषधी खरिद गर्ने बजेट पनि नभएको र औषधीको व्यवस्था गर्न मन्त्रालय र विभागलाई पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल ओलीले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको बजेट स्थानीय तहमा नै निकासा भएपनि स्थानीय तहले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजित नगरेका कारणले समस्या आएको डा.अलीले बताउनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित