प्रदेश नम्बर २ को निर्वाचन गराउन सम्पूर्ण शक्ति प्रयोग गर्ने एमालेको निर्णय

काठमाडौं, भदौ ७ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै, आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय पनि एमालेले गरेको छ । एमालेले प्रदेश नम्बर २ मा पनि पार्टीलाई पहिलो शक्ति बनाउने दावी गर्दै आएको छ । एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाललाई आहृवान पनि गरेको छ । एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आउदो शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *