शिवम् सिमेन्टका म्यानेजरले गाउँलेलाई दिए गोली ठोक्ने धम्की


“
भदाै ७, हेटाैडा । हेटौडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगका म्यानेजरले गाउँलेलाई गोली ठोक्ने धम्की दिएका छन् । नयाँ आएका एचआर म्यानेजर सञ्जय सुवेदीले रक्सी खाएर गाउँलेलाई गोली हान्ने धम्की दिएपछि स्थानीयले आक्रोसित हुँदै उद्योग घेरेका छन् । गएराति रक्सी सेवन गरी सुवेदीले गाउँलेलाई धम्की दिएको स्थानीय कुबेर खतिवडाले बताएका छन् ।
रक्सीको नसामा गाउँलेलाई जथाभावी बोल्ने सुवेदीलाई उद्योगबाट हटाउनु पर्ने स्थानीयको माग छ । तर, प्रहरीले भने सुबेदीलाई कारबाही गर्न सकेको छैन ।
प्रहरीका अनुसार, स्थानीयले लिखित रूपमा उजुरी नदिए सम्म र मेडिकलले मापसेको रिपोर्ट नदिए सम्म कारबाही गर्न नमिल्ने बताएको छ । मापसे गरेको हो या होइन भन्नेबारे आज सुबेदीको मेडिकल जाँच भएको र भोलि त्यसको रिपोर्ट आएपछि उनको कारबाही प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
“
