देउवा भारतलार्इ रिजाउन खाेज्दै, अाेली अाराेप लगाउदै

कार्तिक २३, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई रिजाउन फेरी संविधान संशोधन गर्ने अभिव्यक्ति दिएको आरोप लगाए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले जनकपुरमा दिएको संविधान संशोधन गर्ने अभिव्यक्ति भारतलाई खुसी बनाउने आशयका साथ आएको दाबी समेत गरे । उनले संविधान संशोधन गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति मधेसको जनताको अधिकारका लागि नभएर भारतीय नागरिकलाई राष्ट्रपति र मुख्यमन्त्री बनाउने नियतका साथ आएको भन्दै आक्रोश पनि व्यक्त गरे । बिहीबार काठमाडौँ क्षेत्र नम्बर ४ का पार्टीका उम्मेदवार राजन भट्टराईको चुनावी सभालाई सम्बोधन गर्दै उनले भारतीय सिमापारी नेपालका हजारौँ मालबाहक सवारी साधन खुलाउन बोल्न नसक्ने प्रधानमन्त्रीले संविधान संधोधन गर्ने अभिव्यक्ति दिनु लाजमर्दो भएको टिप्पणी पनि गरे ।

अध्यक्ष ओलीले एमालेको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न नगर्न पनि सत्तारुढ काँग्रेसलाई चेतावनी दिए । उनले एमालेले मुलुकलाई समृद्ध, समुन्नत, सभ्य र आधुनिक बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । अध्यक्ष ओलीले राष्ट्र र जनताको हितबाहेक एमालेको अरू कुनै उद्देश्य नरहेको दाबी पनि गरे ।

अध्यक्ष ओलीले वामपन्थी गठबन्धनले पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ४ मा उठाएका उम्मेदवार भट्टराई परराष्ट मामलाका जानकार भएको उल्लेख गर्दै उनलाई जिताएर पठाउन पनि त्यहाँका मतदातासँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =